प्रभु बैंक र साना किसान लघुवित्तको साधारण सभा आज हुँदै, यस्ता छन् एजेण्डाहरु

१८ पुष २०७८, आईतवार ०७:३७

काठमाडौं ।  आईतवार (आज) प्रभु बैंक र साना किसान लघुवित्तको साधारण सभा हुँदैछ । प्रभु बैंकले २०औं वार्षिक साधारण सभा बैंकको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा बिहान ११ बजे गर्ने जानकारी दिएको छ । सभाले १२ प्रतिशत बोनस शेयर र र शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, सभाले यस बैंकले अन्य कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धी आवश्यक सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ४ गते (एक दिन) बुक क्लोज गरिसकेको छ । यस आधारमा पुस १ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

साना किसान लघुवित्तले २०औं वार्षिक साधारण सभा आइतवार नेपाल प्रशासनिक प्रशिषण प्रतिष्ठान, जावलाखेल ललितपुरमा बिहान ११ बोलाएको छ। सभाले २५ प्रतिशत बोनस शेयर र १ दशमलव ३१ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी, आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस ५ गतेदेखि १८ गतेसम्म बन्द गर्ने भएको छ । यस आधारमा पुस ४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*