एनएमबि बैंकका ग्राहकलाई हिमालय दृश्य होटेलमा छुट

१६ पुष २०७८, शुक्रबार १८:३६

काठमाडौं । एनएमबि बैंकका ग्राहकहरुले हिमालय दृश्य होटेल धुलिखेलमा विशेष छुट पाउने भएका छन् । बैंकका ग्राहकहरुलाई होटेलमा विशेष छुट दिने समझदारी भएको हो ।

उक्त सम्झौता पत्रमा बैकका एरिया म्यानेजर निरन श्रेष्ठ र होटेलका एशोसिएट डाईरेक्टर सेल्स एण्ड मार्केटिङ बबिता पाण्डेले हस्ताक्षर गरेका हुन । सम्झौता पश्चात बैंकका ग्राहकहरुले उक्त होटेलमा खानामा १० प्रतिशत तथा आवास सुविधामा २० प्रतिशतसम्म छुटको ब्यवस्था गरिएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*