थप २३५ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

१६ पुष २०७८, शुक्रबार १८:३२

काठमाडौं । शुक्रबार पछिल्लो २४ घण्टामा थप २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७ हजार ८८५ जनामा पीसीआर परीक्षण गर्दा २२४ जनामा र १ हजार १९९ जनामा एन्टिजेन परीक्षण गर्दा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, शुक्रबार पछिल्लो २४ घण्टामा ४ जना संक्रमितको मृत्यु भएको छ भने २१२ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर ४ हजार ८७९ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*