नेपाल बैंकको संचालकमा रोचन श्रेष्ठ नियुक्त

१६ पुष २०७८, शुक्रबार १५:१९

काठमाडौं । नेपाल बैंक लिमिटेडले संचालक नियुक्त गरेको छ । बैंकले संचालक समितिमा कर्मचारी संचय कोषको तर्फबाट प्रतिनिधित्व गर्ने गरि रोचन श्रेष्ठलाई नियुक्त गरेको हो ।

यसअघि सोही पदमा रहेका कोषकै संचालक ओमकृष्ण श्रेष्ठ उक्त सेवाबाट अवकाश भएकोमा बैंकले रोचन श्रेष्ठलाई संचालक समितिमा चयन गरेको हो ।

साथै श्रेष्ठले पुष १३ गते नै संचालक समितिको अध्यक्षबाट संचालक पदको पद तथा गोपनियताको शपथ ग्रहण गरिसकेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*