नेशनल माइक्रोफाइनान्सको बम्पर लाभांश पाउन पुष २६ गतेसम्म शेयर किन्नुपर्ने

१६ पुष २०७८, शुक्रबार १४:४८

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरणका लागि शेयर दाखिला खारेज किताब बन्द (बुकक्लोज)को मिति तय गरेको छ ।

कम्पनीको पुष ८ गते बसेको संचालक समितिको बैठकले आठौं वार्षिक साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजनका लागि पुष २७ गतेदेखि माघ ६ गतेसम्म बुकक्लोजको मिति तोकेको हो । जसअनुसा पुष २६ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको प्रस्तावित लाभांश पाउनेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कायम चुक्तापूँजी ४१ करोड ९० लाख रुपैयाँको ४० प्रतिशत बोनस शेयर र शुन्य दशमलव ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल ४०.५ प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको छ ।
उक्त लाभांश पारित गर्न कम्पनीले माघ ६ गते आठौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*