पाँच कम्पनीको शेयर मूल्य समायोजन, कुनको कति ?

१६ पुष २०७८, शुक्रबार १४:३२

काठमाडौं ।  नेप्सेमा आज पाँच कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।नबिल बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड, हिमालयन डिष्टीलरी, गुडविल फाइनान्स र फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको हो ।

नबिल बैंकको ३३.६० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता एक हजार ८५ रूपैयाँ ३३ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य एक हजार ४ सय ५० रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कृषि विकास बैंकको २० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ४ सय १० रूपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ४ सय ९२ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

त्यस्तै, हिमालयन डिष्टीलरीको ७५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ३ हजार ९ सय २५ रूपैयाँ ७१ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ६ हजार ८ सय ७० रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
गुडविल फाइनान्सको ९.१० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ५ सय ३३ रूपैयाँ ४६ कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ५ सय ८२ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

त्यसैगरी, फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडको ३५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता एक हजार ९ सय ६२ रूपैयाँ ९६ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य २ हजार ६ सय ५० रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*