सन नेपाल लाइफद्धारा पीडितलाई ११ लाख रकम हस्तान्तरण

१६ पुष २०७८, शुक्रबार १३:३२

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पीडितलाई ११ लाखको चेक हस्तान्तरण गरेको छ ।

कम्पनीको लहान शाखाले सिराहाको अर्नमा गाउँपालिका वडा २ बस्ने कैला महराको छोरा श्रीलाल महराले बैदेशिक रोजगार जानलाई १० लाखको बैदेशिक रोजगार बीमा गराएका थिए ।

उनको सडक दुर्घटनामा परी मृत्यु भए पश्चात उनकी श्रीमती रिंकी कुमारीलाई कम्पनीका लहान शाखा प्रबन्धक उपेन्द्र नारायण महतोले क्रिया खर्च १ लाख र इन्स्योरेन्स बापत १० लाख गरी कुल ११ लाख रुपैयाँ हस्तान्तर गरेका हुन् ।

११ लाखको माछापुच्छे बैंकको चेक पत्रकार महेश सिंह र मृत्यक परीवारको आफन्तको रोहबरमा प्रबन्धक महतोले पिडित रिंकीलाई चेक हस्तान्तरण गरेको हो

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*