एमडिआरटीको लक्ष्य भेट्टाउने आज अन्तिम दिन

१६ पुष २०७८, शुक्रबार ११:३९

काठमाडौं ।  सन् २०२२ को एमडिआरटी लक्ष्य भेट्टाउने आज अन्तिम दिन हो । जीवन बीमा प्रोफेशनलहरुको अन्तर्राष्ट्रिय फोरम एमडिआरटीमा हरेक अंग्रेजी वर्ष जनवरी १ देखि डिसेम्वर अन्तिम ३१ सम्म तोकिएको बीमा शुल्क ३४ लाख ९८ हजार रुपैयाँ संकलन गर्ने अभिकर्ताहरु उक्त सम्मेलनमा भाग लिन पाउनेछन् । मिलियन डलर राउण्ड टेवल अर्थात एमडिआरटी नाम दिइएको सो सम्मेलन हरेक वर्ष फरक फरक देशमा कार्यक्रम आयोजना गरिन्छ । अमेरिकाको चिकागोमा मुख्यालय रहेको एमडिआरटीमा क्वालिफाईड भएपछि उसले अर्को वर्ष अष्ट्रेलियाको सिड्नीमा हुने विश्व सम्मेलनमा भाग लिन पाउने छ ।

नेतृत्व विकास र क्षमता अभिबृद्धिका लागि एमडिआरटी उत्कृष्ट अन्तर्राष्ट्रिय प्लेटफर्म हो । त्यसैले पनि यसका लागि मानिसहरुले निकै मेहनत गरिरहका हुन्छन्, नेशनल लाइफका नेपाल टप सिनियर एजेन्सी म्यानेजर शंकर लामिछाने अशान्त बताउँछन् । ‘जीवनमा धेरै लक्ष्य हुन्छन्, तर व्यवसायिक दक्षता अभिबृद्धि गर्ने क्षमता विकास गर्ने अन्तर्राष्ट्रिय प्लेटफर्म आम बीमा अभिकर्ताहरुको लक्ष्य हुनुपर्दछ ।’

यस वर्ष कूल ३४ लाख ९८ हजार रुपैयाँ बीमा शुल्क संकलन गर्नेले एमडिआरटीमा क्वालिफाईड हुने व्यवस्था गरिएको छ । यद्यपि केही कम्पनीहरुले सो भन्दा बढि तोकेको पनि हुन सक्दछ । गत वर्ष एमडिआरटीमा क्वालिफाईड हुनको लागि ४४ लाख ३० हजार रुपैयाँ बीमा शुल्क संकलन गर्नुपर्ने व्यवस्था थियो । यस वर्ष एमडिआरटीको लक्ष्य घटाइएकोले समेत अभिकर्ता तथा एजेन्सीहरु उत्साहित हुँदै लक्ष्य भेट्टाउन सक्रिय बनेका छन् ।
सो व्यवस्था अनुसार सन् २०२१ भित्रमा तोकिएको बीमा शुल्क संकलन गर्ने अभिकर्ताले आगामी वर्ष सिंगापुरमा हुने एमडिआरटीमा सहभागी हुन पाउनेछन् ।डिसेम्वर ३१ अर्थात् भोलिसम्म बीमा गराई कूल ३० लाख १२ हजार बीमा शुल्क व्यक्तिगत कोडमा संकलन गर्ने अभिकर्तालाई कम्पनीले आगामी वर्ष अमेरिकामा हुन गइरहेको एमडिआरटीको विश्व सम्मेलनमा भाग लिन पाउनेछन् ।

क्षमता र व्यक्तित्व विकासको प्रतिष्ठित अन्तर्राष्ट्रिय प्लेटफर्ममा भाग लिन पाउने हुँदा बीमाअभिकर्ताहरुको लागि एमडिआरटी निकै नै महत्वपूर्ण छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*