सनराइज बैंकको साधारण सभा सम्पन्न, ७ प्रतिशत लाभांश पारित

१६ पुष २०७८, शुक्रबार ११:४१

काठमाडौं । सनराइज बैंक लिमिटेडको १४ औं) वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकले पुष १५ गते आम्रपाली ब्यांक्वेट बालुवाटार काठमाडौंमा उक्त सभा सम्पन्न गरेको हो ।

उक्त सभाले संचालक समितिले प्रस्ताव गरेको ६.६५ प्रतिशत बोनस शेयर र ०.३५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल ७ प्रतिशत लाभांश पारित गरेको छ ।

साथै सोही सभाले बैंक र अन्य कुनै पनि बैंक तथा वित्तीय संस्था एकआपसमा गाभ्ने।गाभिने वा मर्जरमा जाने सन्दर्भमा आवश्यक सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत पारित गरेको छ ।

बैंकले साधारण सभा प्रयोजन अर्थात् लाभांश वितरणका लागि पुष ४ गते एक दिन बुकक्लोज गरेको थियो । जसअनुसार पुष १ गतेसम्म कायम शेयरधनीहरुले मात्र सो प्रतिशत लाभांश पाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*