माउन्टेजन हाइड्रो नेपालले डाक्यो छैठौं साधराण सभा, यस्ता छन् एजेण्डा

१६ पुष २०७८, शुक्रबार १०:२८

काठमाडौं । माउन्टेन हाइड्रो नेपाल लिमिटेडले छैठौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुष ७ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार सभा पुष २९ गते कालिमाटि ब्यांक्वेट, कालिमाटि काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने भएको हो ।

उक्त सभाले आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । साथै सोही आवको आर्थिक विवरण (वासलात, नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरु) माथि छलफल र स्वीकृत गर्ने सभाको एजेण्डा रहेको छ ।

त्यस्तै, आव २०७८।०७९ को लागि लेखापरिक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने, सर्वसाधारण समुहबाट निर्वाचित संचालक शिव प्रसाद त्रिपाठीले राजिनामा दिई रिक्त रहेको पद निर्वाचनद्धारा पूर्ति गर्ने सभाको एजेण्डा रहेको छ ।

कम्पनीले पुष १५ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार पुष १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*