एभरेष्ट बैंकको मोबाइल बैंकिङ एप ओम्नी च्यानल प्रणालीमा अपग्रेड

१६ पुष २०७८, शुक्रबार १०:१८

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले मोबाइल बैकिङ एप ‘इबिएल–टच २४’ लाई ओम्नी च्यानल प्रणालीमा स्थानान्तरण गरेको छ । बैंकले पुष १४ गते मोबाइल बैकिङ संस्करणलाई नयाँ ‘ओम्नी च्यानल’मा अपग्रेड गरेको हो ।

उक्त नयाँ च्यानलमार्फत बैंकका ग्राहकहरुलाई जुनसुकै बेला र जहाँसुकै (मोबाइल, ट्याब, पीसी, ल्यापटप आदि)बाट डिजिटल प्लेटफर्महरु प्रयोग गर्न सहज बनाउने बैंकले जनाएको छ ।

बैंकको लाजिम्पाटस्थित मुख्य कार्यालयमा आयोजिन एक कार्यक्रममा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र एफ वान सफ्टका अध्यक्ष विश्वास ढकालको उपस्थितिमा उक्त प्रणालीको शुभारम्भ गरिएको हो ।

हाल बैंकले आफ्नो १०५ शाखा, ३१ राजश्व संकलन काउन्टर, १३८ एटीएम तथा फराकिलो विश्वव्यापी नेटवर्क मार्फत अन्तर्राष्ट्रिय स्तरको व्यवसायिक र प्रभावकारी बैकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*