आइएमई लाइफ इन्स्योरेन्सद्धारा बीमा वापतको दाबी रकम हस्तान्तरण

१५ पुष २०७८, बिहीबार १९:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले बीमा वापतको दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीको कैलाली जिल्लाको लम्की चुहा नगरपालिका –१ थपालीपूर निवासी भिम बहादुर शाहीलाई कम्पनीले बीमा दाबी रकम हस्तान्तरण गरेको छ।

२०७७ साल भदौ १४ गते कम्पनीमा सरल सावधिक १५ वर्षै जीवन बीमा पोलिसी खरिद गरेका उनलाई केही महिना पहिले एक्कासी दाँत र टाउको दुख्यो, चेक जाँचको क्रममा ब्रेन ट्युमर क्यान्सर भएको पुष्टि भएपछि कम्पनीमा दाबी गरेको हो ।

जीवन बीमासँगै घातक रोग सुविधा समेत लिएका शाहीले घातक रोग बापतको उपचार खर्च तिन लाख रुपैयाँ कम्पनीले भुक्तानी गरेको हो ।

 

2 thoughts on “आइएमई लाइफ इन्स्योरेन्सद्धारा बीमा वापतको दाबी रकम हस्तान्तरण

  1. आम नेपाली says:

    के केहि रुपैयाँ रकम उपलब्ध गराउँदा ग्राहक को गोपनियता भंग गर्न जरुरी छ???
    यसले निम्ताउन सक्ने सम्भावित असरबारे के एक कम्पनिले सोच्न जरुरी छैन???
    कुनै रोग लागेको कुरा प्रचार गरेर अरु पोलिसी बिक्री हुन्छ भन्ने संकिर्ण विचारबाट अब माथि उठनेकी!!¡
    भोलिका दिनमा त्यो ग्राहक को व्याक्तिगत जीवनका बारेमा सोच्ने की!!! यो ग्रहाकको अधिकार थियो नकि कसैको सहयोग यसमा ग्राहक ले रकम तिरेर हुन्छ फ्रि मा पाएको कुरा होइन!!

    ग्राहक को गोपनियता को संरक्षण गरौ!

  2. Narayan upadhyaya khatiwada says:

    Lutera bima company haru…byaapar gareko hoin jokhim ko …..paisa liyer graahak laai bimaa garaaune hoin..??? Daabi bhuktaani gardaa naatak dekhaaune …..foto khicher bhuktaani deko bigyaapan garne.???? Bigyaapan baabat ko paisaa tireko xaau pidit laai …??? Yesta galat prabiti banda gara…ma sit ali kharch garn sakne paisaa bhaye muddaa haalne thiye…..bima company haru laai

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*