सनराइज बैंकको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

१५ पुष २०७८, बिहीबार १७:४४

काठमाडौं । सनराइज बैंकले १४औं वार्षिक साधारण सभा सम्पन्न आज सम्पन्न भएको छ। सभाले ६ दशमलव ६५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

साथै सभाले गाभ्ने गाभिने वा प्राप्ति गर्न गराउन उपयुक्त देखिएको अवस्थामा आवश्यक सम्पूर्ण कार्यहरु गर्न सञ्चाक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस ४ गते (एक दिन) बन्द गरेको थियो । यस आधारमा पुस २ गतेसम्म कायम शेयरधनीले लाभांश पाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*