थप २ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि

१५ पुष २०७८, बिहीबार १७:३९

काठमाडौं । आज थप २ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले देशैभर गरिएको ६ हजार ८ सय १४ पीसीआर परीक्षणका क्रममा २ सय ३५ जना र २ हजार ८३ एन्टिजेन परीक्षणका क्रममा ६ जनामा कारोना संक्रमण पुष्टि भएकोे जनाएको छ ।

योसँगै मन्त्रालयले नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २४ हजार ३ सय ९८ पुगेको छ । गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाका कारण ११ हजार ५ सय ९० जनाले ज्यान गुमाएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*