सिष्टम ह्याक गर्ने धम्कीपछि कुमारी बैंकको बैंकिङ सिष्टम बन्द, कोर बैंकिङ प्रणाली सुरक्षित

१५ पुष २०७८, बिहीबार १६:०९

काठमाडौं । अज्ञात ह्याकरले कुमारी बैंकको सबै सिष्टम ह्याक गर्ने धम्की दिएपछि कुमारी बैंकको कोर बैंकिङ सिष्टम लगायतका सबै सिष्टम डाउन गरिएको छ । कुमारी बैंक स्रोतका अनुसार इमेलमार्फत एक व्यक्तिले सिष्टम ह्याक गर्ने धम्की दिएको थियो ।

बैंकलाई त्यस्तो धम्की प्राप्त हुने वित्तिकै केन्द्रीय बैंकलाई जानकारी गराएर सबै सिष्टम डाउन गरिएको बैंकले जनाएको छ । साउदी ग्रुप नाम गरेको इमेलबाट बैंकको सूचना प्रविधि शाखामा सबै सिस्टम नै ह्याक गरिदिने चेतावनीसहितको धम्की आएको बैंकले पुष्टि गरेको छ ।

बिहीबार अर्थात आज विहान बैंकमा ह्याकरले धम्की दिएसँगै सबै सिष्टम डाउन गरेर चेकगर्दा कोरबैंकिङ लगायतका सबै सिष्टम सुरक्षित रहेको बैंकका एक उच्च अधिकारीले बीमापोष्टलाई जानकारी दिए । हाल बैंकको सबै सिष्टम डाउन गरिएको छ । सिष्टम अडिटको क्रममा हालसम्म अवाञ्छित गतिविधि तथा अबैध प्रवेश भएको नपाइएको जनाएको छ । अर्थात सबै ग्राहकहरुको डाटा सुरक्षित रहेको बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*