सनराइज फर्स्ट म्युचुअल फन्डलमा न्याभ घट्यो, सूचीकृत लगानी कति ?

१५ पुष २०७८, बिहीबार ०३:००

काठमाडौं । सनराइज फर्स्ट म्युचुअल फन्डले मंसिर मसान्तसम्म सूचीकृत कम्पनीको सेयरमा ६२ करोड १७ लाख ३२ हजार रुपैयाँ लगानी गर्न सफल भएको छ । यो अघिल्लो महिनाको भन्दा १३ करोड ५४ लाख ३० हजार रुपैयाँ कम हो । कात्तिकमा यस फन्डले सूचीकृत सेयरमा ७५ करोड ७१ लाख ६३ हजार रुपैयाँ लगानी गरेको थियो ।

फन्डले ५४ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । जसमा सबैभन्दा धेरै लगानी नबिल बैंकको सेयरमा रहेको छ । फन्डमा नबिलको ३२ हजार ३ कित्ता सेयरमा ४ करोड ६४ लाख ४ हजार ३५० हजार रुपैयाँ लगानी रहेको छ । मंसिर मसान्तसम्म आइपुग्दा यसको प्रतिइकाई खुद मूल्य ९न्याभ० १ रुपैयाँ १९ पैसाले घटेर १३ रुपैयाँ ४८ पैसा पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*