एनसीसी बैंकका ग्राहकलाई होटल सिराइचुलीमा बिशेष छुट

१५ पुष २०७८, बिहीबार १२:५३

काठमाडौं । एनसीसी बैंकका ग्राहक र कर्मचारीहरुले ४ तारे होटेल सिराइचुलीमा बिशेष छुट पाउने भएका छन् । चितवनमा रहेको उक्त होटलमा बैंकका ग्राहक र कर्मचारीलाइ छुट दिने सम्बन्धि दुईपक्षबीच सम्झौता भएको हो ।

सम्झौता पश्चात बैंकका भिसा कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ चलाउने ग्राहक र कर्मचारीलाई होटेलमा उपलब्ध विभिन्न सेवाहरुमा विशेष छुट उपलब्ध हुनेछ । होटेलले फुड एन्ड वेभरेजमा १० प्रतिशत र एकोमोडेसनमा २५ प्रतिशत छुट उपलब्ध गराउनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*