ग्लोबल आइएमई बैंकले पन्ध्रौं वार्षिकोत्सवको अवसरमा ल्यायो यस्तो योजना

१५ पुष २०७८, बिहीबार १२:३८

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १५ औं वार्षिकोत्सवको अवसरमा छुट तथा क्यासब्याक प्रदान गर्ने योजना सार्वजनिक गरेको छ । बैंकले सो अवसरमा ग्राहकको सुविधालाई मध्यजनर गर्दै कार्ड तथा डिजिटल बैकिङमार्फत गरिने कारोबारहरुमा छुट तथा क्यासब्याक प्रदान गर्ने योजना ल्याएको हो ।

बैंकले पुष १५ गतेबाट माघ १५ गते सम्म एक महिनाको लागि मोबाइल बैकिङ, डेबिट तथा क्रेडिट कार्ड निःशुल्क उपलब्ध गराउनेछ ।
साथै सो उपलक्ष्यमा ग्राहकलाई थप सुविधा प्रदान गर्ने उद्देश्यका साथ क्युआर कारोबार, पस मेसिनमार्फत गरिने कारोबार तथा इकम कारोबारमा १५ प्रतिशत अथवा ३०० सम्मको क्यासब्याक प्रदान गर्ने बैंकले जनाएको छ । उक्त योजना पुष १७ गतेदेखि लागू हुनेछ ।

त्यस्तै बैंकले वार्षिकोत्सवको अवसरमा कक्षा ६ मा अध्ययनरत प्रत्येक प्रदेशबाट हरेक वर्ष ५–५ जना गरी जम्मा ३५ जना जेहेन्दार विपन्न छात्राहरुलाई कक्षा १२ सम्म अध्ययन गर्नका लागि छात्रवृत्ति समेत उपलब्ध गराउने जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*