स्वावलम्बन लघुवित्तको साधारण सभा आज बस्दै

१५ पुष २०७८, बिहीबार ११:२०

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको २० औं वार्षिक साधारण सभा आज (पुस १५ गते) बिहान ११ बजे एलिस रिसेप्सन गौरिधारा काठमाडौंमा बस्दैछ ।

उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १९ प्रतिशत बोनश शेयर र कर समेत ६ प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि पुस ६ गते बुक क्लोज गर्ने भएकाले पुस ५ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*