रिलायन्स फाइनान्सको बाह्रौं वार्षिक साधारण सभा पुस ३० गते, के के छन् एजेण्डा ?

१५ पुष २०७८, बिहीबार ११:१६

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले बाह्रौं वार्षिक साधारण सभा पुस ३० गतेका लागि बोलाएको छ । सभा बिहान ११ बजे संस्थाको मुख्य कार्यालय प्रर्दशनीमार्ग काठमाडौंमा भर्चुअल माध्यमबाट बस्ने गरी आव्हान गरेको हो ।

उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।

साथै, सभाले आर्थिक वर्ष २०७७।०७८ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने कार्यसूचि रहेको छ ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस २० गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले पुस १९ गतेसम्म कायश शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउने छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*