राष्ट्रिय बीमा कम्पनीको सर्टलिष्टमा परेकाहरुको व्यवसायिक कार्ययोजना प्रस्तुतिकरण पुस १६ र १७ गते

१५ पुष २०७८, बिहीबार ०७:४४

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको सिईओ बन्न आवेदन दिएका मध्य सर्टलिष्टमा परेका पाँच जनो यही पुस १६ र १७ गते व्यवसायिक कार्ययोजना पेश गर्नुपर्ने भएको छ ।

कम्पनीको प्रमुख कार्यकारी पदको पदपूर्ति सिफारिस उप समितिका अनुसार व्यवसायिक कार्ययोजना पेश गरेपछि उत्कष्ट तीन जनाको नाम अर्थमन्त्रालय समक्ष सिफारिस गर्नेछ । सोही सिफारिसको आधारमा नयाँ तीन जनामध्ये एक जनालाई सरकारले सिईओमा नियुक्ती गर्नेछ ।

यही पुस १३ गते प्रकाशित सूचना अनुसार पुस १६ गते तोयाराज अधिकारी र बृद्धकाजी श्रेष्ठको व्यवसायिक प्रस्तुतीकरण रहेको छ । त्यस्तै पुस १७ गते रामबहादुर खड्का, सुरेन्द्र थापा र शेखर बरालको प्रस्तुतीकरण हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*