रिलायबल नेपाल लाइफ इन्स्योरेन्स भण्डारा शाखाद्धारा एक दिने एमडिआरटी सम्मानित

१४ पुष २०७८, बुधबार १७:३८

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चितवनस्थित भण्डारा शाखा चितवनले एक दिने एमडिआरटी बिजेता मञ्जु पाण्डेलाई सम्मानित गरेकोछ । कम्पनीको भण्डारा शाखाले बीमा एक दिने एमडिआरटी जन्माउन सफल भएको भन्दै सम्मानित गरेको कम्पनीको सो शाखाले जनाएको छ ।

प्रोफेशनल बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय प्लेटफर्म मिलिउन डलर राउण्ड टेबलको ग्लोबल कन्फरेन्स २०२२ आगामी वर्ष अमेरिकाको बोस्टनमा हुँदैछ ।चितवनको भण्डारा शाखाबाट एक दिनको एमडिआरटि बन्न सफल अभिकर्ता मन्जु पाण्डेलाई एक कार्यक्रम राखी शाखाले सम्मान गरेको छ । पाण्डे रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एक दिनको एमडिआरटि प्रथम महिला बन्न सफल भएको जनाएको छ ।

कार्यक्रममा चितवन रिजनल शाखा प्रमुख राजेन्द्र पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न सम्मान कार्यक्रममा हाकिमचोक शाखाका प्रमुख राज कुमार दाहाल, भण्डारा शाखा प्रमुख कूलराज शर्मा, भण्डार शाखाका मार्केटिङ प्रमुख हेमराज बस्नेत, एजेन्सी मेनेजरहरु तथा अन्य अभिकर्ताहरुको सहभागितामा रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*