रिलायन्स लाइफ इन्स्योरेन्सद्धारा ५ लाख रुपैयाँ मृत्यु बीमा दाबी भुक्तानी

१४ पुष २०७८, बुधबार १६:०२

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको पोखरा शाखाले प्रस्ताबक देवी कुमारी खाँडको मृत्यु भएकोमा मृत्यु दाबी भुक्तानी गरेको हो ।आफनी छोरी नीति खाँडको मिति २०७५।०६।०८ गते बीमा गराएकी देवी कुमारी खाँडको मिति २०७८।०२।१२ मा मृत्यु भएकोले ५ लाख ४० हजार उक्त दाबी भुक्तानी गरेको हो।

बिमाङ्क रकम रु ५ लाख र मासिक सुबिधा वापत प्रति महिना ५ हजारका दरले पछिल्लो ८ महिना को रु ४० हजार गरि ५लाख ४० हजार दावी भुक्तानी गरेको यसै कम्पनीका पोखरा रिजनका क्षेत्रीय म्यानेनर विनोद प्रसाद त्रिपाठीले जानकारी गराए ।

साथै बिमबीमा प्रस्तावको मृत्यु भएकोले बीमा लेखको शर्त अनुशार बिमा अबधी भरी तिर्नुपनै बाँकी सबै बिमा शुल्क मिनाह भएको तथा बच्चाको उच्च शिक्षा तथा उज्वल भबिश्यको लागि मासिक सुबिधा वापत प्रति महिना ५ हजारका दरले रकम उपलब्ध गराउने र बीमा अबधीको अन्त्य पछि पनि बिमाङ्क रकम रु ५ लाख सहित समानुपातिक आर्जित बोनस प्रदान गर्ने त्रिपाठीले जानकारी गराए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*