मध्यभोटेकोशीको शेयरमा सर्किट, आज सर्वाधिक क–कसले कमाए ?

१४ पुष २०७८, बुधबार १५:१७

काठमाडौं । सोमबार र मंगलबार घटेको नेप्सेमा आज भने सामान्य सुधार आएको छ । आज पूँजीबजार नेप्सेमा सूचिकृत २२८ कम्पनीको ५६ लाख ३८ हजार २७९ कित्ता शेयर किनबेच हुदाँ ३ अर्ब ६२ करोड ३४ लाख ८० हजार माथिको कारोबार भएको छ ।

झिनो अंकले नेप्से परिसूचक बृद्धि हुँदा आज मध्यभोटेकोशीको शेयरमा मात्रै सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, नेपाल बङगलादेश बैंकको ९.०८ प्रतिशत, प्रिमियर इन्स्योरेन्सको ६.५९ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको ५.९३ प्रतिशत, आरएमडिसी लघुवित्तको ५.५४ प्रतिशत र गोर्खास फाइनान्सको ४.१७ प्रतिशतले वृद्धि भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*