एनआरएनए महाधिवेशन प्रतिनिधि विवाद टुंगियो

१४ पुष २०७८, बुधबार १२:५०

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेशन प्रतिनिधि विवाद टुङिगएको छ । संघको महाधिवेशन प्रतिनिधि विवाद टुङ्गाउने गठित उपसमितिको बैंठकमा विवाद अन्त्य गर्ने सर्वसम्मत निर्णय भएको हो ।

एनआरएनएका अध्यक्ष कुमार पन्तले गठन गरेको सल्लाहकारद्धय विश्वआर्दश पण्डित, डा. यादव पण्डित, नायारण थापा र गौरीराज जोशीको समितिले सर्वसम्मतले महाधिवेशन प्रतिनिधि मिलाएर चुनावमा जाने सहमति गरेको हो । निर्वाचन सम्बन्धी विवाद लाई अन्त्य गर्न संघका अध्यक्ष कुमार पन्त, संरक्षक जीवा लामिछाने, प्रवक्ता डिबी क्षेत्री, कोषाध्यक्ष महेश क्षेष्ठ र सहकोषाध्यक्ष लोक दाहालबीच काठमाडौंमा भेला गर्ने भएकाले संघको १० औं महाधिवेशन र निर्वाचनको मिति छिटै सहमति तय हुने विश्वास लिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*