ग्लोबल आइएमई बैंकले १५औं वार्षिकोत्सवको अवसरमा छात्रालाई छात्रवृत्ति प्रदान गर्ने

१४ पुष २०७८, बुधबार १२:४७

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले १५ औं वार्षिकोत्सवको अवसरमा छात्रवृत्ति प्रदान गर्ने भएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै जम्मा ३५ जना छात्राहरुलाई छात्रवृत्ति प्रदान गर्ने जनाएको हो

बैंकले कक्षा ६ मा अध्यनरत प्रत्येक प्रदेशबाट हरेक वर्ष ५–५ जना गरी जम्मा ३५ जना जनेहेन्दार विपन्न छात्राहरुलाई कक्षा १२ सम्म अध्ययन गर्नका लागि छात्रवृत्ति उपलब्ध गराउने जनाएको छ ।

साथै उक्त कार्यक्रमले विपन्न छात्राहरुको शिक्षामा पहुँच अभिबृद्धि गर्ने तथा लैङ्गिकताको आधारमा छात्रामाथि हुने विभेद कम गरी आर्थिक तथा सामाजिक सशक्तीकरणमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*