गरिमा विकास बैंकको ऋणपत्र बाँडफाँड, यसरी हेर्नुस् रिजल्ट

१४ पुष २०७८, बुधबार ११:३९

काठमाडौं । गरिमा विकास बैंकको ऋणपत्र बाँडफाँड भएको छ । बैंकले ७ वर्षे अवधि तथा वार्षिक ८.७५ प्रतिशत ब्याजदर भएको ‘गरिमा डिबेञ्चर २०८५’ ऋणपत्र बाँडफाँड गरेको हो ।

बैंकले १००० रुपैयाँ अंकित मूल्यका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गरेकोमा ६ लाख कित्ता व्यक्तिगत तबरबाट र ४ लाख कित्ता सर्वसाधारणहरुको लागि मंसिर १६ गतेदेखि पुष १ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । बैंकले रितपूर्वक परेको आवेदनहरुमध्ये ५ लाख ३२ हजार १२४ कित्ता पुष १३ गते बाँडफाँड गरेको हो ।

आवेदकले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट संचालित मेरो शेयर वेबसाइट https://meroshare.cdsc.com.np/#/login बाट रिजल्ट हेर्न सक्नेछन् । उक्त ऋणपत्र बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*