सनराइज बैंक र स्वावलम्बन लघुवित्तको साधारण सभा भोलि, लाभांश पारित मुख्य एजेण्डा

१४ पुष २०७८, बुधबार ११:२२

काठमाडौं । सनराइज बैंक लिमिटेड र स्वालम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा भोलि बस्नेछ । सनराइज बैंकले १४ औं र स्वालम्बन लघुवित्तले २० औं वार्षिक साधारण सभा आह्वान गरेको हो ।

सनराइज बैंक
बैंकको बार्षिक साधारण सभा भोलि (पुस १५ गते) अम्रपाली बैंक्वेट बालुवाटार काठमाडौंमा बिहान १०ः३० बजे भर्चुअल माध्यमबाट बस्दै छ ।
उक्त सभाले गत आर्थिक वर्षको मुुनाफाबाट शेयरधनीहरुलाई ६ दशमलव ६५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै उक्त सभाले गत आर्थिक वर्षको बार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने र चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने छ ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस ४ गते एक दिनको लागि बुक क्लोज गर्ने भएकाले पुस १ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउने छन् ।

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड
स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको २० औं वार्षिक साधारण सभा भोलि (पुस १५ गते) बिहान ११ बजे एलिस रिसेप्सन गौरिधारा काठमाडौंमा बस्दैछ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १९ प्रतिशत बोनश शेयर र कर समेत ६ प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि पुस ६ गते बुक क्लोज गर्ने भएकाले पुस ५ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*