गोर्खाज फाइनान्सको शेयरमा नकारात्मक सर्किट, अन्य गुमाउने कम्पनीमा हाइड्रोपावर धेरै

१३ पुष २०७८, मंगलवार १५:२५

काठमाडौं । सोमबार ६९ अकंले घटेको नेप्से मंगलबार भने २.६६ अकंले मात्र घटेको छ । आज नेप्से झिनो अंकले घटेपनि अघिल्लो दिनको तुलनामा कारोबार रकम ह्वात्तै घट्न पुगेको छ ।

आइतबार र सोमबार ५ अर्बमाथिको कारोबार हुँदा आज ३ अर्बमा कारोबार खुम्चिन पुगेको छ । आज जम्मा एउटा कम्पनीको शेयरमा मात्रै सर्किट लागेको छ भने हाइड्रोपावर कम्पनीहरुको शेयरमूल्य आज उच्च अंकले घट्न पुगेको छ ।

आज नेप्सेमा सूचिकृत २३० कम्पनीको ५८ लाख २८ हजार ७८३ कित्ता शेयर किनबेच भएको भने कारोबार ३ अर्ब १२ करोड ५५ लाख ७५ हजार रुपैयाँमा सिमित भएको हो ।

आज नेप्से सामान्य अंकले घटेपनि गोर्खास फाइनान्सको शेयरमा नकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, समलिङ पावरको ६.०४ प्रतिशत, मैलुङ खोला जलविद्युतको ४.८८ प्रतिशत, यूनाइटेड आइडिआइ मार्दी आरबि हाइड्रोपावरको ४.६५ प्रतिशत, प्रभु सेलेक्ट फण्डको ३.७८ प्रतिशत, किसान लघुवित्तको ३.६७ प्रतिशत र सोल्टी होटेलको ३.१५ प्रतिशतले घटेको हो ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*