हिमालयन डिस्टिलरीमा लगानीकर्ता झुम्मिए, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

१३ पुष २०७८, मंगलवार १५:१४

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक झिनो अंकले घटेको छ । नेप्से परिसूचक २.६६ अंकले घटेर २५१८ दशमलव ९९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचिकृत २३० कम्पनीको ५८ लाख २८ हजार ७८३ कित्ता शेयर किनबेच हँुदा ३ अर्ब १२ करोड ५५ लाख ७५ हजार ६३१ रुपैयाँको कारोबार भएको छ ।

आइतबार र सोमबार ५ अर्बमाथिको कारोबार हुँदा आज ३ अर्बमाथि कारोबार खुम्चिएको छ । सोही रुपैयाँ बराबरको कारोबार हुँदा आज सर्वाधिक कारोबार हुने कम्पनीमा हिमालयन डिस्टिलरी रहेको छ । कम्पनीको आज एकैदिन २६ करोड ३९ लाख ४३ हजार ५२७ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, नबिल बैंकको २५ करोड ३७ लाख, नेपाल पुर्नर्बीमा कम्पनीको १२ करोड ८४ लाख, मन्जुश्री फाइनान्सको १२ करोड ४५ लाख र नेपाल लाइफ इन्स्योरेन्सको ९ करोड ९० लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*