चार कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

१३ पुष २०७८, मंगलवार १४:५४

काठमाडौं । नेप्सेमा सूचीकृत चार कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि (पुस १४ गते) अन्तिम दिन रहेको छ ।
सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्ने क्रम बढ्दै छ । मञ्जुश्री फाइनान्स, चिलिमे जलविद्युत कम्पनी, इन्फिनीटी लघुवित्त वित्तीय संस्था र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बुधबार रहेको हो ।

मञ्जुश्री फाइनान्स

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस १५ गते एक दिनका लागि बुक क्लोज गर्न भएकाले पुस १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ४० प्रतिशत बोनश शेयर र ६ दशमलव नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस २९ गते बिहान ११ बजे कम्पनीको नयाँबानेश्वर भवन काठमाडौंमा बस्ने गरी वार्षिक साधारण सभा आव्हान गरेको छ ।

चिलिमे जलविद्युत कम्पनी

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस १५ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने भएकाले पुस १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ७ दशमलव ५ प्रतिशत बोनस शेयर र ७ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने कार्य सूचि रहेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस २३ गते बिहान १० बजे कम्पनीको रजिष्टर्ड कार्यालय कपनमार्ग महाराजगञ्ज काठमाडौंमा बस्ने गरी वार्षिक साधारण सभा आव्हान गरेको छ ।

इन्फिनीटी लघुवित्त वित्तीय संस्था

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि पुस १५ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले पुस १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्नेसक्नेछन् ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २७ दशमवल ७० प्रतिशत बोनस शेयर र १ दशमलव ४६ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताप पारित गर्ने कार्य सूचि रहेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस २७ गते होटल द नारायणी गैडाकोट नवलपरासीमा बिहान १० बजे बस्ने गरी वार्षिक साधारण सभा आव्हान गरेको छ ।

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस १५ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले पुस १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने प्रस्ताव रहेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस २९ गते आम्रपाली ब्याक्वेंट थिरबम सदन काठमाडौंमा बिहान ११ बजे बस्ने गरी वार्षिक साधारण सभा आव्हान गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*