समीट लघुवित्तको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

१३ पुष २०७८, मंगलवार १४:३२

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने (पुस १४ गते) अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस १५ गते देखी पुस २४ गतेसम्म बुक क्लोज गर्ने भएकाले पुस १४ गतेसम्म कायश शेयरधनीहरुले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १५.२८ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले तेह्रौं वार्षिक साधारण सभा पुस २४ गते बिहान १० बजे आँबुखैरेनी रेष्टुरेण्ट एण्ड पार्टी प्यालेस आँबुखैरेनी ३ तनहुँमा बस्नेगरी आव्हान गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*