हिमालयन बैंकद्धारा विद्यार्थीलाई डेढ लाख बराबरको न्यानो कपडा वितरण

१३ पुष २०७८, मंगलवार ११:४०

काठमाडौं । हिमालयन बैंकले चौबिसे गाउँपालिकाको सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्वीटर र टोपी वितरण गरेको छ । बैंकको धरान शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत करिब १ लाख ५० हजार रुपैयाँ बराबरको न्यानो कपडा वितरण गरेको हो ।

साथै सोही अवसरमा बैंकले भानु मावि, साघुँरीगढी गाउँपालिका धनकुटामा वित्तीय साक्षरण कार्यक्रम पनि सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बैंकका प्रदेश १ प्रमुख अमृत मल्ल लगायत विद्यालयका शिक्षक,विद्यार्थी र स्थानिय गरी १ सय भन्दा बढीको सहभागिता रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*