सुनको मूल्य तोलामा २ सयको गिरावट

१३ पुष २०७८, मंगलवार ११:३६

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबार सुन तोलामा २ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो भने छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, सोमबार प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भइरहेको चाँदी मंगलबार भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*