सूर्या लाइफद्धारा ५ लाख रुपैयाँ बीमा दाबी भुक्तानी

१३ पुष २०७८, मंगलवार ११:२१

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको कावासोती शाखाले मृतक बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।

कम्पनीको कावासोती शाखाले मध्यविन्दु नगरपालिका–७ का मृतक बीमित अर्जुन प्रसाद भट्टको घरमा नै गई उनकी श्रीमति शुसिला भट्टलाई उक्त दाबी रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

उक्त शाखाका शाखा प्रमुख टोप बहादुर राना मगरले बीमितकी श्रीमति भट्टराईलाई बीमा दाबी वापतको ५ लाख बीमाङ्क रकम २४ हजार बोनस गरि ५ लाख २४ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

कावासोती शाखाले आयोजना गरेको उक्त कार्यक्रममा एजेन्सि म्यानेजरहरु रविना पाण्डे, लिला वल्लव कंडेल, लक्ष्मि पोखरेल, कल्पना पाण्डे, विष्णु केसीको उपस्थिति रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*