नयाँ सारथी लघुवित्तको संस्थापक शेयर बिक्रीमा

१३ पुष २०७८, मंगलवार १०:३९

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका संस्थापक शेयरधनी स्कन्द श्रेष्ठले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो ।

उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय धुलिखेल, काभ्रेपलाञ्चोकमा सम्पर्क राखि आवेदन दिन सक्नेछन् ।

साथै तोकिएको अवधिभित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री प्रक्रिया अघि बढाउने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*