महालक्ष्मी विकास बैंकसहित ३ कम्पनीको शेयरमूल्य समायोजन

१३ पुष २०७८, मंगलवार १०:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ । महालक्ष्मी विकास बैंक, निर्धान उत्थान लघुवित्त र नेपाल हाइड्रो डेभलोपर्सले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सले यी तीन कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।

महालक्ष्मीले २० प्रतिशत, निर्धान उत्थानले २९.५ प्रतिशत र नेपाल हाइड्रोले ७ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोजसँगै शेयरमूल्य समायोजन भएको हो ।

महालक्ष्मी विकास बैंकको अघिल्लो दिन कायम ५६४ रुपैयाँ ४० पैसा, निर्धान उत्थान लघुवित्तको १५५५ रुपैयाँ र नेपाल हाइड्रो डेभलोपर्सको ३९१ रुपैयाँका आधारमा नेप्सले बोनस शेयर वितरणपछिको शेयरमूल्य क्रमशः ४७० रुपैयाँ ३३ पैसा, १२०० रुपैयाँ ७७ पैसा र ३६५ रुपैयाँ ४२ पैसा कायम गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*