१०० किसान अभियानको पहिलोचरणको यात्रा सम्पन्न

१३ पुष २०७८, मंगलवार ०७:०६

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत् कृषि उद्यम केन्द्रमार्फत् १०० किसान अभियान यात्राको पहिलो चरणको राष्ट्रिय अभियान सम्पन्न गरेको छ । महासंघका कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गीको नेतृत्वमा मंसिर २३ गते काठमाडौंको टोखाबाट सुरु गरिएको सो अभियान काभ्रे, सिन्धुली, मोरङ, धनकुटा, भोजपुर हुँदै धादिङमा आएर पहिलो चरणको सम्पन्न गरिएको हो ।

कृषि उद्यम केन्द्रका सभापति सुमार्गीले किसानलाई उद्यमशिलता विकास गर्ने लक्ष्यका साथ राष्ट्रिय अभियान सुरु गरिएको बताए । महासंघले किसानलाई प्रविधिमैत्री बनाई जीविकोपार्जनमुखी कृषि पेशालाई व्यवसायिकरण गर्न यस्तो अभियान सुरु गरिएको र राष्ट्रिय अभियानको रुपमा थप विस्तार गरिने बताए ।

कृषि उत्पादनको लागत कम गर्ने र सजिलो छिटो काम हुने प्रविधि र ती प्रविधिलाई किसानमैत्री बनाउने प्राविधिकलाई किसानका खेतबारीसम्म पुर्याउन आवश्यक रहेको भन्दै उनले ‘प्रविधि, प्राविधिक र बजार’ को पहुँच किसानसम्म पु¥याउने हेतुले सुरु भएको १ सय किसान अभियानले नेपालको समग्र किसानको मुहार फेर्ने र राज्यको ढोका ढकढक्काएर भएको अनियमिततालाई सही बाटोमा ल्याउने आशा व्यक्त गरेका छन् ।

लागत कम गर्ने र सजिलो छिटो काम हुने प्रविधि र ती प्रविधिलाई किसानमैत्री बनाउने प्राविधिकलाई किसानका खेत खेतसम्म पुर्याउनुपर्ने कुरालाई जोड दिदैं उक्त अभियान संचालन गरेको हो ।

पहिलो चरणमा पूर्वी नेपालका जिल्लामा अवलोकनमा निस्किएको उक्त टोलीले धरानको रंगेली नगरपालिकास्थित खोरिया कृषि फार्म, धरान कृषि बजार, चिस्यान केन्द्र, कृषि उद्यम संघ भोजपुर, आमचोक गाँउपालिका स्थित राउत एण्ड सन्स बहुउद्देश्यीय कृषि फार्मको अवलोकन गरेको जनाएको छ । ब्यवसायिक तथा प्राविधिक ज्ञान, उत्पादनमा सहजीकरण, ब्यवसायिक योजनाको विकास र बिस्तार तथा बजारिकरणमा केन्द्रले सहजिकरण गर्ने लक्ष्य सहित सुमार्गीको टोलि उक्त अभियानमा लागेको जनाइएको छ ।

प्रविधि, प्राविधिक, पुँजी र बजारको पहुँच किसानसम्म पुर्याउने उद्देश्यले सुरु भएको १ सय किसान अभियानले नेपालको समग्र किसानलाई प्रविधिमैत्री बनाई कृषि उद्यमको विकास हुने संघले लिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*