अझै घट्यो बैंकको निक्षेप, कसको अवस्था कस्तो ?

१२ पुष २०७८, सोमबार १८:४०

काठमाडौं । वाणिज्य बैंकहरुको कुल निक्षेप दुई अर्ब रुपैयाँले घटेको छ। नेपाल बैंकर्स एसोसिएसनले उपल्ब्ध गराएको तथ्याङ्कले यस्तो देखाएको हो ।

गत मंसिर २९ गतेसम्म कुल निक्षेप ४२ खर्ब ३७ अर्ब रुपैयाँ रहेकोमा पुस ९ गतेसम्म घटेर ४२ खर्ब ३५ अर्ब रुपैयाँमा घटेको बैंकर्स एसोसिएसनको तथ्याङ्कले देखाएको छ।पछिल्लो एक सातामा (पुस ३ गतेदेखि पुस ९ गतेसम्म) भने वाणिज्य बैंकहरुको निक्षेप ४ अर्ब रुपैयाँले घटेको छ। गत पुस २ गते वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब ३९ अर्ब रुपैयाँ रहेकोमा पुस ९ गतेसम्म घटेर ४२ खर्ब ३५ अर्ब रुपैयाँमा झरेको हो।

यसैगरी, पुस यता वाणिज्य बैंकहरुको कर्जा लगानी थप ४ अर्ब रुपैयाँले बढेको छ। गत मंसिर २९ गतेसम्म कुल कर्जा लगानी ४० खर्ब ८४ रुपैयाँ रहेको पुस ९ गतेसम्म बढेर ४० खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ।
पछिल्लो एक सातामा भने वाणिज्य बैंकको कर्जा लगानी ३ अर्ब रुपैयाँले बढेको छ। गत पुस २ गतेसम्म कुल कर्जा लगानी ४० खर्ब ८५ अर्ब रुपैयाँ रहेकोमा पुस ९ गतेसम्म बढेर ४० खर्ब ८८ अर्ब रुपैयाँ पुगेको हो।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*