नेशनल माइक्रोफाइनान्सका सदस्यको ऋण मिनाह गर्दै बीमा वापतको रकम हस्तान्तरण

१२ पुष २०७८, सोमबार १८:३८

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले एक सदस्यको ऋण मिनाह गर्दै बीमा रकम प्रदान गरेको छ । कम्पनीले ऋण मिनाह गरी बीमा अन्तर्गत ४२ हजार रुपैयाँ काजकिरिया खर्च प्रदान गरेको हो ।

संस्थाले कन्चनपुर जिल्लाको वेलौरी नगरपालिका वडा न ४ मा रहेको शाखाले मृतकका परिवारलाई कर्जा मिनाह गरी बीमा मार्फत प्राप्त हुने रकम र काजकिरिया खर्च रकम प्रदान गरेको हो । कल्पना कुमारीका बुढाको मृत्यु पश्चात उनका श्रीमान जनक बहादुर खड्कालाई ८८ हजार साँवा ब्याज मिनाह गरी कर्जा बीमा अन्तर्गत सदस्यको मृत्यु पश्चात दिइने काजकिरिया खर्च बापत ४२ हजार रुपैयाँ उपलब्ध गराएको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*