थप २७१ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

१२ पुष २०७८, सोमबार १८:३१

काठमाडौं । सोमबार पछिल्लो २४ घण्टामा देशभर थप २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ९ हजार १५७ जनामा पीसीआर परीक्षण गर्दा २५१ जनामा र १ हजार ७२९ जनामा एन्टिजेन परीक्षण गर्दा २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १ जना संक्रमितको मृत्यु भएको छ भने २२५ जनामा संक्रमणमुक्त भएका छन् । हाल देशभर ४ हजार ९३१ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*