नेप्से राताम्य हुँदा आज सर्वाधिक गुमाउने कम्पनी

१२ पुष २०७८, सोमबार १५:३२

काठमाडौं । नेपाली शेयर बजार फेरि निराशातर्फ मोडिएको छ । केही महिनायता लगातार घटेको शेयर बजार केही दिनयता सुधार देखिएकोमा आज फेरी ६९ अंकले घट्न पुगेको छ ।

आज नेप्सेमा सूचिकृत २३८ कम्पनीको १ करोड २ लाख ९२ हजार २२६ कित्ता शेयर किनबेच भएको छ । सोमबार नेप्से ६९.७७ अकंले घट्दा ५ अर्ब ६० करोड ७४ लाख ३९ हजार ६७० रुपैयाँ माथिको कारोबार भएको छ ।

आइतबार २० भन्दा बढी कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्दा केही फाइनान्स तथा हाइड्रोपावरका लगानीकर्ताहरुले गुमाएका थिए । आज जम्मा दुई कम्पनीको शेयरमा मात्र सकारात्मक सर्किट लागेको छ भने केही कम्पनीहरुको केही अंक प्रतिशतले बढेको छ ।

नेप्से राताप्मे हुदाँ आज सर्वाधिक गुमाउने कम्पनीहरुमा जोशी हाइड्रोपावरको ८.५४ प्रतिशत, घलेम्दी हाइड्रोको ८.२१ प्रतिशत, सानिमा जनरल इन्स्योरेन्सको ७.१७ प्रतिशत, जानकी फाइनान्सको ७.१७ प्रतिशत, गुडवइल फाइनान्सको ६.९७ प्रतिशत, पाँचथर पावरको ६.८८ प्रतिशत र नेपाल फाइनान्सको ६.८० प्रतिशतले घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*