जोशी हाइड्रोपावरले डाक्यो तीन आर्थिक वर्षको साधारण सभा, के–के छन् एजेण्डा ?

१२ पुष २०७८, सोमबार १०:३१

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले तीन आर्थिक वर्षको साधारण सभा आह्वान गरेको छ । कम्पनीले पाँचौ, छैठौं र सातौं वार्षिक साधारण सभा एकैपटक गर्न लागेको हो ।

कम्पनीको पुष ११ गते बसेको संचालक समितिको बैठकले सभा माघ ३ गते ल्याण्डमार्क हल, दरबारमार्ग, काठमाडौंमा बिहान साढे ११ बजे बस्ने निर्णय गरेको हो ।

उक्त सभाले आर्थिक वर्ष २०७५।०७६, २०७६।०७७ र २०७७।०७८ को वार्षि प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । साथै तीनै आवको वार्षिक हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी अनुमोदन गर्नेछ ।

त्यस्तै, आव २०७८।०७९ को लागि लेखापरीक्षक नियुक्त गरी निजको पारीश्रमिक निर्धारण गर्ने र संस्थापक समूहतर्फबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण शेयरधनीतर्फबाट २ जना संचालक नियुक्त।निर्वाचित गर्ने सभाको एजेण्डा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*