रिलायन्स लाइफद्धारा दुईजना संचालक निर्वाचित

१२ पुष २०७८, सोमबार १०:१९

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुई जना नयाँ संचालक निर्वाचित गरेको छ । कम्पनीको पुष ११ गते सम्पन्न चौथौं वार्षिक साधरण सभाले सर्वसाधारण समूह तर्फबाट प्रतिनिधित्व गर्ने संचालक निर्विरोध निर्वाचित गरेको हो ।

कम्पनीको संचालक समितिमा केडि इन्भेष्टमेन्ट प्रा.लि.को प्रतिनिधित्व गर्दै परिक्षीत खेमका र डा. बद्री प्रकाश पोखरेल सर्वसाधारण शेयरधनी समूहको प्रतिनिधित्व गर्दै आजकै मितिबाट लागू हुने गरी आगामी ४ वर्षका लागि संचालक पदमा निर्वाचित भएका हुन् ।

साथै कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को लागि बाह्य लेखापरीक्षकमा सार एण्ड एसोशियट्स चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गरेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*