नेप्सेमा ३ कम्पनीको शेयरमूल्य समायोजन, कसको कतिमा खुल्ला कारोबार ?

१२ पुष २०७८, सोमबार ०९:३३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ । बिजय लघुवित्त, महुली लघुवित्त र नेपाल क्रेडिट एण्ड कमर्सियल (एनसीसी) बैंकले बोनश शेयर वितरणका लागि बुकक्लोजगरेसँगै नेप्सेले यी तीन कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।

बिजय लघुवित्तले २०.०३ प्रतिशत, एनसीसी बैंकले ८ प्रतिशत र महुली लघुवित्तले २६ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज भएसँगै नेप्सेमा शेयरमूल्य समायोजन भएको हो ।

बिजयको अघिल्लो दिन कायम १५२७ रुपैयाँ, एनसीसीको २८४ रुपैयाँ ५० पैसा र महुलीको १८९३ रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर बितरणपछि क्रमशः १५२७ रुपैया, २६३ रुपैयाँ ४३ पैसा र १५०२ रुपैयाँ ३८ पैसा कायम गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*