जन्मदिनमा ५० लाखको जीवन बीमा पोलिसी उपहार

११ पुष २०७८, आईतवार १८:२३

काठमाडौं । कंचनपुर जिल्लाको पुनर्वास नगरपालिमा श्रीमानको जन्मदिनमा श्रीमतीले जीवन बीमा पोलिसी उपहार दिएकि छिन् । पछिल्लो समय यस्ता उत्सवहरुमा बीमा योजना उपहार दिने प्रवृति बढ्दै गएको देखिन्छ ।भावि जीवनमा आउने जोखिमको भार गर्ने बीमा पोलिसीले थप सहयोग गर्ने हुँदा यस्तो प्रवृति बढ्दै गएको छ।

यसैक्रममा पुनर्वास नगरपालिका वडा ४ स्थित लक्ष्मी भुजा उद्योगका संचालक दिननाथ उपाध्यायलाई उनकि श्रीमती दिपा पौडेलले ३२ औं जन्मदिनका अवसरमा ५० लाखको जीवन बीमा पोलिसी उपहार दिएकि हुन् ।

उनले कम्पनीको आई.बी.आर.डी शाखामा ५० लाखको बीमा दर्ता गरेको हुन ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*