सूर्या लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा पुस १९ गते, यस्ता छन् एजेण्डा

१२ पुष २०७८, सोमबार ०७:००

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको विभिन्न प्रस्ताव सहित वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको मंसिर २३ गते, बिहीबार बसेको संचालक समितिको बैठकले १३ औँ वार्षिक साधारण सभा पौष १९ गते, सोमबार, होटल हैरिसन प्यालेस, विराटनगरमा बोलाएको हो ।

वार्षिक सभामा कम्पनीको गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.७० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.६६८४ प्रतिशत नगद गरी कुल १३.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, कम्पनीले वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पौष ९ गतेदेखि पौष १६ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष ८ गते बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*