तीन कम्पनीको लाभांश सुरक्षीत गर्ने आज अन्तिम दिन

१२ पुष २०७८, सोमबार ०६:०५

काठमाडौं । तीन कम्पनीकोे लाभांश सुरक्षीत गर्ने आज अन्तिम दिन रहेको छ ।निर्धन उत्थान लघुवित्त वित्तीय संस्था,महालक्ष्मी विकास बैंक र नेपाल हाइड्रो डेभलोपरको लाभांश आजसम्म कायम शेयरधनीहरुले पाउँनेछन् ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि ३ कम्पनीले आज बुक क्लोज मिति तय गरेका छन् ।निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट २९.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लगि १.५५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
प्रस्तावि लाभांश पुस २५ गते केन्द्रीय कार्यालय नक्साल भगवतीबहाल, काठमाडौंमा दिउँसो १ बजबाटे शुरु हुने साधारण सभाले पारित गर्ने छ ।

नेपाल हाइड्रो डेभपलर्परले गत आवको मुनाफाबाट शेयरधनीलाई ७ प्रतिशत बोनस शेयर र ०.३६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । पुस २८ गते डिल्लीबजारस्थित रजिष्टर्ड कार्यालयमा दिउँसो ३ बजेबाट सुरु हुने साधारण सभाले प्रस्तावि लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्ने छ ।

त्यसैगरी, महालक्ष्मी विकास बैंकल गत आवको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र १.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । पुस २५ गते आर्मी अफिसर्स क्लब, भद्रकालीमा बिहान ११ बजे सभा शुरु हुने साधारण सभाले प्रस्तावित लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्ने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*