रिलायन्स लाइफको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

११ पुष २०७८, आईतवार १७:२१

काठमाडौं रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको साधारणसभा आज सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०७६र७७ को नाफाबाट हाल कायम चुक्ता पुंजीको ५।२६३२ प्रतिशतले हुन आउने ११ करोड ५ लाख २७ हजार २ सय रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

जसमध्ये ५ प्रतिशतले हुन आउने १० करोड ५० लाख नगद लाभांश र ०।२६३२ प्रतिशतले हुन आउने ५५ लाख २७ हजार २ सय कर प्रयोजनको लागि प्रयोग हुने्छ ।
सभाले आगामी आर्थिक बर्षको लागि लेखापरिक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गरेको छ । मङ्सिर २४ गते कायम शेयरधनीले आज सभामा भाग लिनुको साथै लाभांशको हकदार बनेका छन् । सभाले दुई संचालकलाई निविरोर्धी चयन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*