थप २१९ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु
११ पुष २०७८, आईतवार १६:२५
काठमाडौं । आइतबार देशभर पछिल्लो २४ घण्टामा थप २१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६७७ नमुना परीक्षण गरिएकोमा २१९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा २८३ जना संक्रमणमुक्त भएका छन् भने २ जना संक्रमित भएको मृत्यु भएको छ । हाल देशभर ४ हजार ९०६ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।